समाजवादी मोर्चा सत्ता ‘बार्गेनिङ’को हतियार नबनोस् : बाबुराम भट्टराई
समाजवादी मोर्चा सत्ता ‘बार्गेनिङ’को हतियार नबनोस् : बाबुराम भट्टराई
काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको प्रतिक्रिया दिएका छन्।
एकीकृत माओवादीसहितका चार दलले समाजावादी मोर्चा घोषणा गरेलगत्तै भट्टराईले समाजवाद– उदार विचार, उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण भएको बताएका छन्।
‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्’, उनले लेखेका छन्,‘केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्।’
पुष्पकमल दाहालनेतृत्वको एकीकृत माओवादी, माधवकुमार नेपालनेतृत्वको एकीकृत समाजवादी पार्टी, उपेन्द्र यादवनेतृत्वको जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्दनेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार समाजवादी मोर्चा घोषणा गरेका थिए।
समाजवादी मोर्चाका लागि पहलकदमी लिएका भट्टराई भने सहभागी भएनन्।
समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी…
No comments