अब के गर्छन् सर्वोच्चका न्यायाधीशहरू?
न्यायिक विचलन देखिएको भन्दै सर्वोच्च अदालतका सबै न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गरे पनि उनी टसमस भएका छैनन्।
मन्त्रिपरिषद, संवैधानिक परिषद लगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछि हटेको लगायत विषयमा प्रधानन्यायाधीशको न्यायिक विचलन देखिएको भन्दै सर्वोच्चका न्यायाधीशहरूले उनको राजीनामा माग गरेका थिए।
बिहीबारसम्म सर्वोच्चका न्यायाधीश मात्र होइन, नेपाल बार एसोसिएसन, सर्वोच्च बार, चार पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशहरू लगायत न्याय क्षेत्रका धेरैजसो संघ-संस्थाले प्रधानन्यायाधीश राणाको राजीनामा माग गरेका छन्।
राणाले भने यस्तो माग ठाडै अस्वीकार गरिरहेका छन्। उनले उल्टो अरू न्यायाधीशका समेत फैसला विवादित भएको भन्दै आफूले पनि राजीनामा माग्ने जवाफ दिएका छन्।
त्यसपछि उनीविरूद्ध छलफलमा जुटेका न्यायाधीशहरूले थप निर्णय गरेका छैनन्। बुधबार सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डित र बिहीबार भैरव लम्सालको निधन भएपछि उनीहरूले आफ्नो छलफल स्थगित गरेका छन्।
यो अवस्थामा उनीहरू अब के गर्छन् त?
यसबारे एक न्यायाधीशले दुई दिनदेखि स्थगित छलफल शुक्रबार फेरि सुरू हुने जानकारी दिए। उनका अनुसार शुक्रबार पनि कुनै निर्णय आउने छैन। आफ्नो छलफललाई निरन्तरता दिएर प्रधानन्यायाधीशले तोकेका पेसी र इजलास नबस्ने रणनीति अपनाएको उनले बताए।
अब के गर्नुहुन्छ त भन्ने प्रश्नमा अर्का न्यायाधीशले भने, 'हामीले त उहाँको राजीनामा माग्यौं, अरू के गर्ने भनेर छलफल गरेका छैनौं। हामीले के गर्ने भन्दा पनि प्रधानन्यायाधीशले नै राजीनामा दिने हो। किनभने उहाँले राजीनामा दिनुपर्ने दबाब चौतर्फी छ।'
The Shoshone casino - MapyRO
ReplyDeleteThe 동두천 출장마사지 Shoshone Casino. Shoshone is 안동 출장안마 a casino located in Shoshone and is 아산 출장안마 in the middle of an 대전광역 출장안마 endless expanse of the Earth. It is owned and 전라남도 출장샵 operated